२०८३ असार २ गते , मंगलबार

साहित्य चौतारी झापाद्वारा वरिष्ठ गायक फत्तेमानको सम्झना

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २६ गते , शनिबार
साहित्य चौतारी झापाद्वारा वरिष्ठ गायक फत्तेमानको सम्झना
बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले साङ्गीतिक क्षेत्रका आधुनिक गीतका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको आठौँ स्मृति दिवस मनाएको छ  ।
साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले  वरिष्ठ गायक फत्तेमान राजभण्डारीले २०६२ साल असार ३१ गते भएको साहित्य चौतारी बिर्तामोड झापाको सातौँ वार्षिक उत्सव तथा १९१औं भानु जयन्ती कार्यक्रममा प्रमुख अतिथि भएर  मित्र मेलवा गुरुकुल सङ्गीत विद्यालयको उद्घाटन गरेको चर्चा गरे ।

उनले साहित्य चौतारी बिर्तामोड झापाको उन्नयनमा वरिष्ठ गायक फत्तेमान राजभण्डारीले ठुलो योगदान दिएको बताउँदै उनको निधनले अपूरणीय क्षति पुर्‍याएको जनाए ।  

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले वरिष्ठ गायक फत्तेमान राजभण्डारीको जीवनी प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका सदस्य मणि बर्देवाले ‘यस्तो पनि हुँदो रहेछ ’, वाल गायिका अनुजा कडरियाले ‘मर्न बरु गाह्रो हुन्न’, ‘रातो र चन्द्र सूर्य ’, संरक्षक  श्रेष्ठले भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाकी संरक्षिका उर्मिला विमली श्रेष्ठ , कोषाध्यक्ष भवानी गौतम, सदस्यहरू  चित्रा पौड्याल कोइराला, तुलसीप्रसाद भट्टराई, ,प्रेस सल्लाहकार तुलसीप्रसाद निरौला , निवर्तमान महासचिव दिलीप घिमिरे, कुमार कडरिया लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन  साहित्य चौतारी बिर्तामोड झापाकी महासचिव खगेन्द्रा खुसीले गरेकी थिइन् ।

 

सम्बन्धित समाचार