२०८३ असार २ गते , मंगलबार

झापा गाउँपालिकामा एकै दिन दुई जनाको शव फेला

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २५ गते , शुक्रबार
झापा गाउँपालिकामा एकै दिन दुई जनाको शव फेला
झापा । झापा गाउँपालिकामा एकै दिन दुई जना जनाको शव फेला परेको छ । झापा गाउँपालिका- २ को बालुवाटार गाउँस्थित सुन्दर लाल राजवंशीको खाली घरको दलानमा उत्तानो परी नाङ्गै सुतिरहेको अवस्थामा एउटा शव फेला परेको हो । अन्दाजी ४० वर्षीय मञ्जु टुडुको शव त्यहाँ फेला परेको हो ।
मृतक झापा गाउँपालिका-५ की स्थायी बासिन्दा हुन् । त्यस्तै अर्को शव झापा गाउँपालिका-१ को साल मारा गाउँको सिरीसाईला मुर्मुको धान खेत पश्चिम माई खोलाको किनारमा फेला परेको छ ।
नाम ,थर ठेगाना नखेलेको घोप्टो परेको अवस्थामा रहेको महिलाको शवलाई उल्टाई पल्टाइ हेर्दा शवको कम्मर भन्दा मुनि पुट्टाको भाग र आन्द्रा रहेको, घुँडामुनि देखिको भाग केही नरहेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख प्रहरी नायव निरीक्षक नारायण प्रधानले जानकारी दिए । दुवै शवहरूलाई स्थानीयवासीले देखेपछि इलाका प्रहरी कार्यालय कुमरखोदलाई जानकारी गराएका थिए । दुवै शवलाई पोस्टमार्टमको लागि पठाएको जनाइएको छ ।

सम्बन्धित समाचार