२०८३ असार २ गते , मंगलबार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २५ गते , शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते
सुनसरी । सुनसरीको खोला पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ । दुर्घटनामा परी एक घाइते भएका छन् । 
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका- ६ का १८ वर्षीय रितिक राई रहेका छन् । मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय नीरज राई घाइते भएको प्रहरीले जनाएको छ ।
सुनसरी रामधुनी- ६ कान्छिचौक चतरा सडक खण्डमा गए राति १२ बजे उत्तरतर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार