२०८३ असार २ गते , मंगलबार
मेचीनगरमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
झापा । झापामा एक तला घरको रेलिङबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- १२ सहरेडाँगी बस्ने अन्दाजी ३६ वर्षीय दिलीप चेम्जोङ्ग रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार बेलुका ८ बजे आफ्नै घरको पहिलो तलाको रेलिङबाट खसेर चेम्जोङ्ग गम्भीर घाइते भएका थिए ।
उनी लडेको उनकै घरमा भाडा गरी बस्ने जुनु लिम्बुले देखेपछि तत्काल आफन्तलाई जानकारी गराई उपचारको लागी मनकामना हस्पिटल चारआली लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ डाक्टरले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।