२०८३ असार २ गते , मंगलबार

तीजकै दिन करेन्ट लागेर एक महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २४ गते , विहीबार
तीजकै दिन करेन्ट लागेर एक महिलाको मृत्यु
सुनसरी । हरितालिका तीजकै दिन भाडा माझ्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका- १७ बडहराकी ५० वर्षीया लताकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।  बिहीबार साढे १ बजे आफ्नै घर आँगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट  लागेर उनी घाइते भएकी थिइन् ।  उनलाई उपचारको लागी विराट टिचिङ हस्पिटल लैजाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार