२०८३ असार २ गते , मंगलबार

एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोली काठमाडौंमा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २४ गते , विहीबार
एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोली काठमाडौंमा

काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन्।  उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो।

उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९:२५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।

सम्बन्धित समाचार