२०८३ असार २ गते , मंगलबार

कनकाई नदीले विस्थापित चार परिवारलाई राहत वितरण

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २३ गते , बुधबार
कनकाई नदीले विस्थापित चार परिवारलाई राहत वितरण

झापा । झापाको कनकाई नदीको कटानबाट पूर्ण रुपमा विस्थापित चार घरपरिवारलाई राहत वितरण गरिएको छ ।  नेपाल रेडक्रस सोसाइटी झापा, गौरीगञ्ज उपशाखा र वडा कार्यालयसँग समन्वय गरी कनकाई नदी कटानबाट पूर्ण विस्थापित होकलबाडि (टप्पु) का चार घरपरिवारलाई राहत वितरण गरिएको हो ।

सो विस्थापित परिवारलाई बुधवार खाद्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । रेडक्रसले गैरखाद्यय सामाग्री अन्तर्गत प्रत्येक परिवारलाई १० हजार रुपैयाँ मूल्य बराबरको सामाग्री प्रदान गरिएको रेडक्रसका कार्यक्रम अधिकृत हरिशरण खड्काले जानकारी दिए । 

त्यस्तै गाउँपालिका वडा नम्बर १ ले २५ किलो चामल, ३ केजी भुजा, २ किलो दाल, नुन, साबुन, पेस्टलगायतका सामाग्री समेत वितरण गरेको जनाइएको छ ।  रेडक्रस उपशाखाले स्थानीयलाई मास्क वितरण गरेको थियो । सो स्थानमा रहेका १३ घर मध्ये ४ घरपरिवार अति जोखिम परेका उनीहरूलाई अन्यत्र स्थानान्तरण गरिएको छ । 

सम्बन्धित समाचार