२०८३ असार २ गते , मंगलबार

लायन्स क्लबद्वारा काँकडभिट्टाका थुनुवालाई पुस्तक

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २३ गते , बुधबार
लायन्स क्लबद्वारा काँकडभिट्टाका थुनुवालाई पुस्तक
झापा । लायन्स क्लब अफ मेचीनगरले थुनुवाका लागि पुस्तक प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा बस्ने थुनुवाका लागि क्लबका तर्फबाट पन्ध्र हजार मूल्य बराबरका ४१ थान पुस्तक प्रदान गरिएको क्लबका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए । बुधवार एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष आचार्यले । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहाललाई सो परिणामका पुस्तकहरू हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण गरिएका पुस्तकहरूमा महाभारत, गीता भागवत, सत सङ्ग, ज्ञान विज्ञानलगायत सकारात्मक सोच पैदा गर्ने किसिमका धार्मिक तथा प्रेरणादायी पुस्तकहरू रहेका छन् । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष शंकर थापा, उपाध्यक्षहरू मोहन मैनाली, गङ्गालाल गुरुङ, रोशन प्रधानलगायतको सहभागिता रहेको थियो । लियो क्लबका अध्यक्ष अभिजित दवाडीले सञ्चालन गरेको कार्यक्रममा स्वागत लायन्स क्लबका कोषाध्यक्ष प्रवीण थापा र समापन क्लबका सचिव नवराज प्रधानले गरेका थिए ।

सम्बन्धित समाचार