२०८३ असार २ गते , मंगलबार

झापामा तीज मनाउन माइत आएकी महिला हात्तीको आक्रमणबाट घाइते

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २३ गते , बुधबार
झापामा तीज मनाउन माइत आएकी महिला हात्तीको आक्रमणबाट घाइते

मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिला घाइते भएकी छन् । तीज मनाउन माइत आएकी महिला आक्रमणबाट घाइते भएकी हुन् । मध्यरातमा दुईवटाको सँख्यामा आएका हात्तीले मेचीनगर १३ का यमकान्त घिमिरे र दिलबहादुर मग्रान्तीको घर भत्काएको छ ।

आफ्नो बच्चासहित माईती घरमा सुतिरहेकी रेजिना घिमिरे आक्रमणबाट घाईते भएकी हुन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको वडा अध्यक्ष कृष्णराज सिग्देलले बताए । हात्तीले नयाँ आईतबारे बजार दक्षिण बालीम समेता क्षति गरेको सिग्देलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार