२०८३ असार २ गते , मंगलबार

भद्रपुरका उद्योगी बर्मालाई मातृ शोक

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २१ गते , सोमबार
भद्रपुरका उद्योगी बर्मालाई मातृ शोक
भद्रपुर । भद्रपुरका उद्योगी नितेश बर्मालाई मातृ शोक परेको छ । भद्रपुर नगरपालिका ८ स्थित क्याम्पस मोड निवासी उद्योगी बर्माकी ७४ वर्षीया आमा निनाको सोमबार साँझ ६ बजे घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
निना झापा जिल्लाकै चर्चित उद्योगपति स्व. नरेश कुमार बर्माकी धर्मपत्नी थिइन् । लामो समयदेखि उनी दिर्घरोगबाट पीडित थिइन् । भोलि मङ्गलवार बिहान ९ बजे भद्रपुरस्थित मेची नदी किनारमा हिन्दु धर्म अनुसार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । 

सम्बन्धित समाचार