२०८३ असार २ गते , मंगलबार
सशस्त्र प्रहरी गण झापामा मेघा बैङ्कको एटिएम सेवा विस्तार
भद्रपुर । भद्रपुर- ८ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा मेघा बैङ्कले एटिएम सेवा विस्तार गरेको छ । सशस्त्र प्रहरीलाई लक्षित गरी मेघा बैङ्कले गणको मुख्य प्रवेशद्वारमा आइतबारदेखि एटिएम सेवाको सुरु गरेको हो । सो एटीमएम सेवाको एक संक्षिप्त कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मेघा बैङ्कका प्रदेश नम्बर १ का मेनेजर विवेक न्यौपाने लगायतको उपस्थिति थियो । कोरोना महामारीका बेला बैङ्कबाट नगद झिक्न सजिलो होस् भन्ने उद्देश्यले मेघा बैङ्कले एटिएम राखिदिएको एसपी पाण्डेले बताए । सो एटिएमको प्रयोग बाहिरका जनताले पनि प्रयोग गर्न पाउने उनको भनाई छ । गणमा ६०० बढी सशस्त्र प्रहरी कार्यरत छन् ।
भद्रपुर सदरमुकाम क्षेत्रमा मेघा बैङ्कको शाखा कार्यालय नरहेकोले बैङ्कमा आबद्ध सेवाग्राहीले पनि सो एटिएमको प्रयोग गर्न पाउने मेनेजर न्यौपानेले जानकारी दिए ।