२०८३ असार २ गते , मंगलबार

नाबालक छोरासहित आमाले गरिन बिरिङ खोलामा डुबेर आत्महत्या

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २० गते , आईतबार
नाबालक छोरासहित आमाले गरिन बिरिङ खोलामा डुबेर आत्महत्या
झापा । नाबालक छोरालाई कोखमा लिएर आमाले बिरिङ खोलामा डुबेर आत्महत्या गरेका छन् । डुबेर मृत्यु हुनेमा मोरङ सुनवर्सी नगरपालिका निवासी स्व. दिलीप लोहाको ३८ वर्षीया श्रीमती उमा विश्वकर्मा र उनका तीन वर्षीय नाबालक छोरा शिशिर विश्वकर्मा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार श्रीमानको मृत्यु पश्चात् नाबालक छोरा लिएर उमा कनकाई नगरपालिका ८ स्थित माइती घर बस्दै आएकी थिइन् । श्रीमान् नहुँदाको पारिवारीक समस्याका कारण उमाले छोरालाई लिएर खोलामा डुबेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
नाबालक छोरालाई लिएर उमा माइती पक्षका कसैलाई जानकारी नगराई शनिवार राती घरबाट हिँडेका थिए । बिहान आमा छोराको शव खोलामा डुबेको फेला परेको थियो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ । 

सम्बन्धित समाचार