२०८३ असार २ गते , मंगलबार
माछाले टोक्दा एक जनाको मृत्यु
दाङ । अढाई जातको माछाले टोक्दा दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–१ का ४९ वर्षीय खिमबहादुर घर्ती रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
अढाई माछाले टोकेका घर्तीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घर्तीले शनिबार दिउँसो २ बजे घर नजिकैको कुलोमा माछा मार्ने क्रममा माछा छोपेर मुखले माछाको टाउको थिचेर घाइते बनाई प्लास्टिकमा राखेका थिए।
केही बेरपछि उनी एक्कासि बेहोस भइ उपचारको लागि लमही अस्पतालमा लगिएको थियो। घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुवैजना माछा मार्न गएका थिए। शव पोस्टमार्टमको अस्पतालमै राखिएको छ।