२०८३ असार २ गते , मंगलबार

झापामा लहरीको ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १९ गते , शनिबार
झापामा लहरीको ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु

झापा । झापामा ट्रक (लहरी)को ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ निवासी ३३ वर्षीया सुनिमा राई (लिम्बु) रहेकी प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिबसताक्षी- ११ स्थित झिलझिलेमा शनिवार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-२ -०३-००१ ख ४२३० नम्बरको ट्रक (लहरी) ले साईकल यात्री राईलाई ठक्कर दिएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएकी राईलाई उपचारका लागि बिर्तामोड पठाउने क्रममा बाटैमा मृत्यु भएको डिएसपी थापाले बताए । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ट्रक, साइकल र  ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका १ निवासी ३१ वर्षीय प्रवीण लामालाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार