२०८३ असार २ गते , मंगलबार

कर्मचारी युनियनद्वारा मेची अस्पतालको पोषण पुनर्स्थापना गृहलाई सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १९ गते , शनिबार
कर्मचारी युनियनद्वारा मेची अस्पतालको पोषण पुनर्स्थापना गृहलाई सामग्री वितरण
(रेवतीराज घिमिरे) भद्रपुर । नेपाल कर्मचारी युनियन जिल्ला कार्य झापाले स्थापना दिवसको अवसरमा मेची अस्पताल भद्रपुरको कुपोषण युक्त बालबालिकाहरूलाई विभिन्न समाग्रीहरु वितरण गरेको छ ।
युनियनको ३० औ स्थापना दिवसको अवसरमा अस्पतालको पोषण पुनर्स्थापना गृहको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच युनियनका अध्यक्ष कवीन्द्र विक्रम नेम्वाङ्ग,  केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दाहाल लगायतको टोलीले पोषण पुनर्स्थापना केन्द्रकी  प्रमुख गङ्गा लिम्बुलाई झोलुङ्गे कोक्रो, आमा तथा बच्चाहरूलाई चाहिने कपडा लगायतका विभिन्न सामग्रीहरू वितरण गरेका हुन् । 
सो अवसरमा युनियनले जिल्ला रेडक्रस सोसाइटी झापालाई  सर्जीकल मास्क समेत प्रदान गरेको थियो । 
अध्यक्ष नेम्वाम्ङ्गको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव रमेश कोइराला गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी दाहाल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्रकोटी,  काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत उपाध्यक्ष रमला बरालले गरेकी थिइन ।

सम्बन्धित समाचार