२०८३ असार २ गते , मंगलबार

भद्रपुरमा आजेदेखि रक्तदान सप्ताह सुरु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १९ गते , शनिबार
भद्रपुरमा आजेदेखि रक्तदान सप्ताह सुरु

भद्रपुर  । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा भद्रपुरमा आजदेखि रक्तदान सप्ताह सुरु भएको छ। विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले रक्तदान सप्ताह सुरु गरेको हो ।  भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच रक्तदान सप्ताहको उद्घाटन गरिएको हो । 

रक्तदान सप्ताहलाई प्रमुख अतिथि श्रेष्ठ र रेडक्रस झापाका कार्यालय प्रमुख केदार महतले शुभकामना दिँदै रेडक्रसको स्थापना र यसले पुर्‍याएको सेवाको बारेमा चर्चा गरेका थिए ।  रेडक्रस भद्रपुर उपशाखाका सह-कोषाध्यक्ष सीता भण्डारीले स्वागत मन्तव्य राखेकी कार्यक्रमको सञ्चालन कार्यक्रममा संयोजक तथा भद्रपुर रेडक्रसका सचिव दीप लिम्बूले गरेका थिए । 

रेडक्रसको स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले रक्त सञ्चार सेवा केन्द्र भद्रपुरलाई २५ थान पिपिई र मास्क प्रदान गरेको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले आयोजना गरेको रक्तदान सप्ताहमा रोटरी क्लब अफ भद्रपुर, रोट्रयाक क्लब भद्रपुर, इनरह्वील क्लब भद्रपुर, भद्रपुर जेसीज, साना हातहरू नेपाल, भद्रपुर नगर युवा परिषद्, सङ्गम युवा परिवार, भद्रपुर मारवाडी सङ्घ लगायत सङ्घ संस्थाको सहकार्य रहने सचिव लिम्बूले जानकारी दिए । 

सम्बन्धित समाचार