२०८३ असार २ गते , मंगलबार

साङ्गतिक कार्यक्रममार्फत क्यान्सर पीडित चौधरीलाई ५० हजार सहयोग

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १८ गते , शुक्रबार
साङ्गतिक कार्यक्रममार्फत क्यान्सर पीडित चौधरीलाई ५० हजार सहयोग
झापा । क्यान्सर रोगबाट पीडित बिर्तामोडका राजु चौधरी सहयोगार्थका लागि आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले साङ्गतिक कार्यक्रमको आयोजना गरी ५० हजार एक रुपैयाँ रकम सङ्कलन गरेको छ ।
आदर्श ब्याङकेट, ब्रिज क्याफे, सुरुवाती कोठा नेपाल, प्रकृति फाउन्डेसन, कालिका नेपाल, आदर्श सरगम होटेल, कालिका महिला समूह लगायतका विभिन्न व्यक्तिहरूबाट सो रकम सङ्कलन भएको अभियन्ता दीपक दासले जानकारी दिए । आदर्श स्कुल अफ म्यानेजमेन्टको परिसरमा भएको साङ्गतिक कार्यक्रममा विद्यार्थीहरू लामेङल तामाङ, अपेक्षा राई, एञ्जल दर्नाल, रविन पाठक लगायते सङ्गीत प्रस्तुतीकरण गरेका थिए । 

सम्बन्धित समाचार