२०८३ असार २ गते , मंगलबार

झापामा पिकअपको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १८ गते , शुक्रबार
झापामा पिकअपको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

झापा । झापामा पिकअप गाडीको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका- ३ ईश्वरपुर घर भई हाल झापा कमल गाउँपालिका- ५ बस्ने लोहरा कापरीको ४ वर्षीय छोरा मानव कापरीको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल- ५ स्थित निर्माणाधीन आदिवासी रङशाला अगाडी पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा बालक कापरीलाई शुक्रबार ठक्कर दिएको थियो । 

पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय दमकको टोलीले गाडी र गाडी चालक मकवानपुर हेटौडा नगरपालिका- ११ बस्ने २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार