२०८३ असार २ गते , मंगलबार

खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु

दाङ । दाङमा खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ बस्ने ४०  वर्षीया  रिता माया पुन, सोही ठाउँकी  ३२  वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३१  वर्षीया राधा कुँवर र सोही ठाउँकी ४२  वर्षीया  विमला केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

घोराही – लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। 

प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई खोलाले राति करिब १० बजेतिर  बगाएको थियो।  गाडी चालक घोराही १५ का ४० वर्षीया  नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ।  मृतक ४ जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए।

सम्बन्धित समाचार