२०८३ असार २ गते , मंगलबार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १६ गते , बुधबार
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ । मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०३ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पथरी शनिश्चरे नगरपालिका–२ निवासी ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । टिपर  र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार