२०८३ असार २ गते , मंगलबार

अपाङ्गता भएका २५ परिवारलाई राहत

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १५ गते , मंगलबार
अपाङ्गता भएका २५ परिवारलाई राहत

झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोड–३ का अपाङ्गता भएका २५ परिवारलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको बताइएको छ । लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्या भएपछि अपाङ्गता भएका व्यक्तिहरू मारमा परेको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका थिए । उनीहरूको आग्रहलाई ध्यान दिदैं  बिर्तामोड उद्योग वाणिज्य सङ्घले अपाङ्गता भएका व्यक्तिहरूलाई मङ्गलवार एक कार्यक्रमका बिच खाद्यान्न वितरण गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो  । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका निर्वमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य सङ्घका सदस्य जीवन खड्का, गुञ्जन प्रसाईँ, राधिका चुँडाल, अपाङ्गता स्वालम्वन संस्थाका अध्यक्ष दीपक थापा, हरि अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड–३ का २५ परिवारलाई राहत वितरण गरिएको हो । चामल, दाल, तेल लगायतका खाद्यान्न सहयोग गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष भोजराज सिटौलाले बिर्तामोड उद्योग वाणिज्य सङ्घले अत्यन्त राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वाणिज्य संंघका निर्वमान अध्यक्ष प्रकाश सिवाकोटीले वाणिज्य सङ्घ सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्दै समस्यामा परेकाहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । वाणिज्य संंघका निर्वमान अध्यक्ष कुमार भट्टराईले संवाद समूहले आयोजना गरेको कार्यक्रममा झापाका शारीरिक अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेको बताएपछि विभिन्न सङ्घ, संस्थाहरूले हरेक वडामा गएर राहत वितरण गरिरहेको र बिर्तामोडका १० वटै वडामा राहत वितरण गरिने जानकारी दिए ।

औचित्यमाथि वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष नैनाकला भट्टराईले गरेकी थिइन् ।यसैबिच मङ्गलवारका नै छठ समाज सेवा समिति बिर्तामोड र सुनचाँदी व्यवसायी सङ्घले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ मा अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको  र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएको हो ।

छठ समाजका वरिष्ठ उपाध्यक्ष रामेश्वर द्विवेदीको सभापतित्व एवम्  बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाको प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी ,निवर्तमान अध्यक्ष कुमार भट्टराई,वरिष्ठ  उपाध्यक्ष राजु न्यौपाने ,उद्योग उपाध्यक्ष एवम् प्रवक्ता सञ्जीव घिमिरे, सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष बाबुराम विश्वकर्मा, कोषाध्यक्ष विजय श्राफ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत सुनचाँदी व्यवसायी सङ्घका वरिष्ठ सदस्य रमेश बराइलीले गरेको कार्यक्रमको सञ्चालन छठ समाजका सेवा समितिका महासचिव मनोज रौनियारले गरेका थिए । यसअघि सोमबार वीरता लेडी जेसीजले बिर्तामोड–४ का १५ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । 


सम्बन्धित समाचार