२०८३ असार २ गते , मंगलबार

प्रहरी जवानको दीक्षान्त समारोह सम्पन्न (हेरौं तस्बिरमा)

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १५ गते , मंगलबार
प्रहरी जवानको दीक्षान्त समारोह सम्पन्न (हेरौं तस्बिरमा)
झापा । एक नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औ समूहको आधारभूत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका छन् । मिति २०७७ साल मङ्सिर ३ गते देखी सञ्चालित प्रहरी जवान १३८ औ समूहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात् आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।को प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।

प्रहरी जवान १३८ औ समूहको आधारभूत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा ४८० जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीमा ९६ जना र दङ्गा नियन्त्रण प्रहरी गण दुहबीमा ९५ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्त रुपमा दीक्षित गरिएको हो ।


दीक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक विनोद शर्माले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी सङ्गठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानुन र प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराउनु भएको थियो । दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले शब्दमा शपथ ग्रहण गराएकी थिइन् । 

सम्बन्धित समाचार