२०८३ असार २ गते , मंगलबार

भोलि झापासहित तीन जिल्लामा सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १४ गते , सोमबार
भोलि झापासहित तीन जिल्लामा सार्वजनिक बिदा
झापा ।  प्रदेश १ सरकारले भोलि (मङ्गलवार) तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जन्माष्टमीको भोलिपल्ट यी तीन जिल्लामा राधाकृष्ण रथयात्रा मनाउँदै आएको सरकारले सो बिदा दिएको जनाइएको छ । तर, कोरोना महामारीका कारण कुनै जिल्लामा भव्य रुपमा रथयात्रा नमनाउने सम्बन्धित रथयात्रा व्यवस्थापन समितिले निर्णय गरिसकेको छ । विराटनगरमा निकालिने भगवान् श्री राधाकृष्णको भव्य रथयात्रा यस पटक पनि खट यात्रामा राखी नगर परिक्रमा गरिने भएको छ ।

सम्बन्धित समाचार