२०८३ असार २ गते , मंगलबार

अज्ञात समूहद्वारा भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १४ गते , सोमबार
अज्ञात समूहद्वारा भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड
झापा । अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली -केचना सडक खण्ड अन्तरगत भद्रपुर-९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ नम्बर वडा सदस्य नूतन पौडेलले जानकारी दिए ।
कसले तोडफोड गरेको भन्ने खुलेको छैन । तोडफोडबाट अर्धकदको सालिक भत्काइएको उनले बताए । 'राष्ट्रका अनमोल सम्पत्तिहरूको संरक्षण गर्न सकिँदैन भने यसरी नष्ट गर्ने अधिकार पनि कसैलाई छैन,' उनले भने । यता जिल्ला प्रहरी कार्यालय घटनास्थल पुगेको र यस बिषयमा अनुसंन्धान गरिरहेको जनाइएको छ । २०५१ सालमा सो चोकका नामकरण गर्दै  महाकवि देवकोटाको अर्धकद सालिक राखिएको थियो । 

सम्बन्धित समाचार