२०८३ असार २ गते , मंगलबार

झापामा थपिए १११ नयाँ कोरोना संक्रमित, तीन जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
झापामा थपिए १११ नयाँ कोरोना संक्रमित, तीन जनाको मृत्यु
झापा । झापामा आइतबार ५९ महिलासहित १११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला आज तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 
सङ्क्रमणबाट मेचीनगर नगरपालिकाका २७ वर्षीय महिलाको मेची अस्पतालमा, मेचीनगरका ८७ वर्षीय महिलाको मेची अस्पताल र इलामका ७८ वर्षीय महिलाको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको छ । त्यस्तै २५३ डिस्चार्ज भएका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या २२२७२, डिस्चार्ज २०२७० र मृत्यु हुनेको सङ्ख्या ५६२ पुगेको कार्यालयले जनाएको छ । 

सम्बन्धित समाचार