२०८३ असार २ गते , मंगलबार

शिवसताक्षीमा वाइसिएलको १० नम्बर वडा कमिटी विस्तार

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
शिवसताक्षीमा वाइसिएलको १० नम्बर वडा कमिटी विस्तार
झापा । शिवसताक्षी नगरपालिकामा योङ्ग कम्यनिष्ट लिग (वाइसिएल) वडा कमिटी विस्तार गरिएको छ।  नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलको शिवसताक्षी १० मा  जितेन्द्र साहको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि विस्तार गरिएको हो । 

कमिटीको उपाध्यक्षमा कुमार गौली, दीपक ऋषिदेव, सचिवमा गुन्जन जबेगु, सह–सचिवमा विशाल गिरी र कोषाध्यक्ष राधिका निरौला (कुँवर) चयन भएका छन् ।  त्यसैगरी सदस्यमा अमृत गौली, दीपक ऋषिदेव, नवराज कुँवर सुजन कार्की, सन्तोष तामाङ, सुजन राया, मिलन चौलागाईं , धनबहादुर राई, यदुनाथ तिलिङ्,अभिषेक योगी, युवराज राई, आशिष् न्यौपाने, सागर राई,कपिल सुवेदी, अर्जुन पालुङ्गा, उपेन्द्र खड्का, तेजु चौहान, किरण चौहान र भानु कुँवर चयन भएका छन् । कमिटीले पछि थप ५ जना सदस्य चयन गर्ने जनाएको छ । 

वाइसिएल नगर कमिटि अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराईको प्रमुख आतिथ्य भएको कार्यक्रममा वाइसिएल नगर उपाध्यक्ष जिएन लिम्बु, वाइसिएल निवर्तमान अध्यक्ष भुवन राई, पार्टीका नगर कमिटि सचिवालय सदस्य धनकुमार ढकाल, रविन न्यौपानेलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पार्टीका वडा नम्बर १० का सचिव पुष्प पौडेलले गरेका थिए । 

सम्बन्धित समाचार