२०८३ असार २ गते , मंगलबार

पूर्वी सीमा नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
पूर्वी सीमा नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
झापा । मेचीनगरका एक दर्जन बढी सङ्घ संस्थाले नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । केही दिनअघि झापाको मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरूले पूर्वी काँकडभिट्टा नाकालाई सहज बनाउन आग्रह गदै प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रकै ब्यहोरामा आइतबार नगरभरिका व्यवसायीहरूले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

होटेल व्यवसायी महासङ्घका केन्द्रीय सचिव राजु अधिकारी नेतृत्वको टोलीले प्रवक्ता शर्माको निवास धुलाबारीमा पुगेर नेपाल प्रवेशको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल आउन चाहने भारतीय व्यवसायी, पर्यटक, कामदार, बिरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाइदिन माग गदै शर्मा मार्फत ज्ञापन पत्र बुझाएका हो ।

होटेल व्यवसायी महासङ्घका केन्द्रीय सचिव अधिकारी, सङ्घका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यापार सङ्घका मेचीनगर अध्यक्ष भूपाल सिवाकोटी, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा ट्राभल सङ्घका अध्यक्ष निरबहुदर कार्की (नेत्र), साना तथा मझौला व्यवसायी महासङ्घका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, पूर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, सुनौलो यातायात प्रालिका अध्यक्ष भूपाल ओली, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष विष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्गठनका अध्यक्ष हरि निरौला, नेपाल पर्यटन श्रमिक सङ्घका अध्यक्ष विजय सुवेदी, मेची अञ्चल इ–रिक्सा ट्याम्पो यातायात प्रालिका अध्यक्ष गणेश चौहान, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष विशाल तामाङ, राष्ट्रिय उद्योग व्यापार महासंघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ र काँकडभिट्टा नाका सहजीकरण तथा व्यवस्थापन समितिका सचिव हस्तकुमार तामाङलगायतले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।


सम्बन्धित समाचार