२०८३ असार २ गते , मंगलबार
भदौ २० गतेदेखि चालक अनुमतिपत्रका लागि ट्रायल हुने
झापा । कोरोना महामारीले रोकिएको सवारी चालक अनुमतिपत्र लिनेहरूका लागि ‘ट्रायल’ भदौ २० गतेबाट सञ्चालन हुने भएको छ। यातायात व्यवस्था कार्यालयले आइतबार सवारी चालक अनुमतिपत्र लिन आवेदन फारम भरेकाहरूलाई प्रयोगात्मक परीक्षाका लागि सूचना जारी गरेको हो।
कार्यालयका अनुसार आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षा दिनेहरू, लिखित परीक्षा दिएर प्रयोगात्मक (ट्रायल) बाँकी रहेका परीक्षार्थीले ट्रायल दिन पाउने छन्। यसैगरी, यसअघिको ट्रायलमा अनुत्तीर्ण भएका आवेदकहरू र वर्ग थपका लागि राजस्वबुझाइसकेकाहरूले पनि ट्रायल दिन पाउने कार्यालयको सूचनामा उल्लेख छ। यातायात व्यवस्था विभागका अनुसार सवारी चालक अनुमतिपत्रका लागि निषेधाज्ञाअघि करिब ७ लाखले आवेदन दिएका छन्।