२०८३ असार २ गते , मंगलबार
सखुवाको काठ र पिकअप गाडीसहित दुई जना पक्राउ
झापा । मोरङमा सखुवाको गोलिया काठसहित दुई जना पक्राउ परेका छन् । बेलबारी नगरपालिका-३ मा अवैध रुपमा गाडीमा ल्याएको सखुवाको गोलिया काठसहित सोही स्थानका चालक ३८ वर्षीय दलबहादुर तामाङ र केराबारी गाउँपालिका-८ का ४० वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा २१ च १८२९ नम्बरको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा गाडीमा अवैध रूपले ल्याएको ३८.५ क्यूफिट सखुवाको काठ फेला पारी बरामद गरेको थियो ।
बरामद गरिएको काठ, गाडी र चालक सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय सलकपुर बुझाइसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।