२०८३ असार २ गते , मंगलबार
बाह्रदशी जेसीजद्वारा ट्राफिक सचेतना सम्पन्न
झापा । प्रस्तावित बाह्रदशी जेसीजले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका ३ का वडाध्यक्ष वीरेन्द्र राजवंशीको प्रमुख आतिथ्यमा ट्राफिक सचेतना कार्यक्रम गरिएको थियो ।
कार्यक्रम संयोजक सञ्जय शाहले धन्यवाद दिएको कार्यक्रमको औचित्यमाथि प्रकाश कार्यकारी उपाध्यक्ष टङ्कबहादुर कार्कीले पारेका थिए भने उपाध्यक्ष प्रकाश फुयाँलले आस्था वाचन गरेको कार्यक्रममा स्वागत कार्यकारी उपाध्यक्ष पुष्पलाल धमला र सञ्चालन महासचिव तीर्थप्रसाद काफ्लेले गरेका थिए ।
कार्यक्रममा पशुपति माविका प्रअ थिर कुमार दाहाल, ज्ञान ज्योति माविका प्रअ एवम् नेपाल बार एसोसिएसन झापा पूर्व अध्यक्ष अमृत बहादुर बुढाथोकी, उद्योग वाणिज्य सङ्घ, बाह्रदशी शाखाका अध्यक्ष खगेन्द्र कार्की, बाह्रदशी न्यायिक समिति सदस्य प्रेम घिमिरे, इलाका प्रहरी कार्यालय राजगढका इन्चार्ज कुमार ढकालले शुभकामना मन्तव्य राख्दै ट्राफिक सचेतना कार्यक्रम फलदायी रचनात्मक भएको धारणा राखेका थिए ।
ट्राफिक प्रहरी पोस्ट लक्ष्मीपुरका इन्चार्ज चन्द्रकुमार बस्नेतले प्रशिक्षण प्रदान गरेको कार्यक्रम समापनपछि राजगढ बजारमा नियम विपरीत सवारी चलाउने चालकलाई ट्राफिक सचेतना सम्बन्धी शिक्षा दिने काम गरिएको थियो ।