२०८३ असार २ गते , मंगलबार

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उत्तरतर्फ जाँदै गरेको को २ त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को १४ प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

सम्बन्धित समाचार