२०८३ असार २ गते , मंगलबार

लायन्स क्लब अफ दमक चार्टर भएको घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
लायन्स क्लब अफ दमक चार्टर भएको घोषणा

दमक । झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उद्देश्यका साथ लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए वान अन्तर्गत लायन्स क्लब अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए वानका गभर्नर रेवतबहादुर कार्कीले दमकमा एक कार्यक्रमबिच क्लब चार्टर भएको घोषणा गरेका छन् ।

क्लबमा लायन्सका पुराना तथा नयाँ सदस्यहरू गरेर २७ जना रहेका छन् । अध्यक्षमा अशोक चौधरी, प्रथम उपाध्यक्षमा राम थपलिया, सचिवमा विष्णुप्रसाद पोखरेल रहेका छन् । यसैगरी द्वितीय उपाध्यक्ष लोकश सापकोटा र तृतीय उपाध्यक्षमा सन्तोष महासेठ छन् । कोशाध्यक्षमा सन्दीप साहेवाला, जोइन्ट कोशाध्यक्षमा मुकेश गुप्ता, सह सचिवमा नरेश बन्जरा, पिआरओमा विणा शाह चार्टर भएका छन् ।

क्लबको सदस्यहरूमा डिल्लीराम ओली, विष्णु शाह, डेबिट विष्ट, पूजा अग्रवाल, शिला चौधरी, वविता तिम्सिना, भीमादेबी खरेल, अनु तिम्सिना विष्ट, शम्भु चौधरी, विक्रम अधिकारी, प्रीति अग्रवाल, सुनिल शाह, मञ्जु गुप्ता, ममता देवी चौधरी, सूर्य बहादुर बस्नेत र राजेश शाह रहेका छन् ।क्लब खुलेर सक्रिय भएको डेढ महिनाभन्दा बढी भए पनि शनिवार औपचारिक चार्टर भएको हो । क्लबले यो अवधिमा दुई दर्जनभन्दा बढी ठुला तथा साना सामाजिक कार्यहरू गरेको क्लबका अध्यक्ष अशोक चौधरीले बताए ।

क्लब खुलेको छोटो समयमा नै राम्रा कार्यहरू गरेको र क्लबमा पुराना लायन्सहरुको नै अग्र भागमा नेतृत्व रहेको भन्दै गभर्नर कार्कीले सफलताको शुभकामना दिएका थिए । सो अवसरमा ईम्प्याक्ट चिफ ज्ञाननाथ पौड्याल, रिजन चियर पर्सन दिवस राई लगायतले पनि क्लबलाई शुभकामना दिएका छन् ।


सम्बन्धित समाचार