२०८३ असार २ गते , मंगलबार

सहयोगी मनहरू नेपालद्वारा झापा नेत्रहीन सङ्घलाई ४१ हजार सहयोग

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
सहयोगी मनहरू नेपालद्वारा झापा नेत्रहीन सङ्घलाई ४१ हजार सहयोग

झापा । सहयोगी मनहरू नेपाल नामक संस्थाले झापा नेत्रहीन सङ्घलाई आर्थिक सहयोग गरेका छन् । बिर्तामोड ३ स्थित नेत्रहीन सङ्घको कार्यालयमा शनिवार आयोजित एक संक्षिप्त कार्यक्रमका बिच सहयोगी मन नेपालकी सहसचिव सन्ध्या खनालले नेत्रहीन सङ्घकी अध्यक्ष यशोदा बराललाई नगद ४१ हजार हस्तान्तरण गरेकी थिइन् । सहयोगी मन नेपालले आफ्ना सदस्यहरूबाट सो रकम सङ्कलन गरेको बताइएको छ । सो रकम दृष्टिविहीनका लागि कार्यालयमा स्थापना गरिएको अडियो लाइब्रेरी र व्यवस्थापनमा खर्च गरिने सङ्घका सचिव भोजकुमार तामाङले जानकारी दिए । 

सङ्घकी अध्यक्ष बरालको अध्यक्षता तथा बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोगी मनहरू नेपालकी उपाध्यक्ष सिता तिम्सिना, लायन्स क्लब दमक अफ गोल्डको अध्यक्ष श्याम तिम्सिना, ज्येष्ठ नागरिक सङ्घ प्रतिष्ठान दमक अध्यक्ष अमृत विष्ट, श्री कृष्ण प्रणामी युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुङ्गाना, हाम्रो परिवार राम्रो परिवार संस्थाका नानु पङगिनिले शुभकामना मन्तव्य राखेका थिए । सङ्घका सचिव भोज कुमार तामाङले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष दिलकुमार राजवंशीको स्वागत मन्तव्य राखेका थिए । सङ्घका सल्लाहकार संयोजक द्रोणाचार्य निरौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । 

सम्बन्धित समाचार