२०८३ असार २ गते , मंगलबार

पत्रकार पोखरेललाई गणेशप्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कार प्रदान

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
पत्रकार पोखरेललाई गणेशप्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कार प्रदान
झापा । मेची बहुउद्देश्यीय सहकारी संस्थाले नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा पत्रकार गणेश पोखरेललाई पुरस्कृत गरेका छन् ।
दमकस्थित संस्थाको कार्यालयमा शनिवार आयोजित २५ औ वार्षिकोत्सव तथा २७ औ साधारण सभाको अवसरमा गणेशप्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो भिजन एफएमका प्रबन्ध निर्देशक समेत रहेका पोखरेललाई पुरस्कृत गरेका हुन् ।
संस्थाले संस्थापक अध्यक्षको स्मृतिमा सो पुरस्कार स्थापना गरेको हो । पत्रकार पोखरेलसँगै हिमशिखर एफएमका अध्यक्ष ध्रुव न्यौपानेलाई पनि पुरस्कृत गरिएको थियो । पत्रकार पोखरेल र अध्यक्ष न्यौपानेलाई प्रदेशसभा सदस्य अर्जुन राईले नगदसहित सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केवी उप्रेती, दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार