२०८३ असार २ गते , मंगलबार

शम्भुको नेतृत्वमा नेपाल राष्ट्रिय बङ्गाली समाज सुनसरी जिल्ला कमिटी गठन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
शम्भुको नेतृत्वमा नेपाल राष्ट्रिय बङ्गाली समाज सुनसरी जिल्ला कमिटी गठन

झापा । नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिका स्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय कमिटीले देशभर छरिएर रहेका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताका लागि जिल्ला तथा पालिका स्तरमा कमिटी विस्तार गर्न थालेका छन् ।

यसै क्रममा नेपाल राष्ट्रिय बङ्गाली समाज जिल्ला कमिटी सुनसरी गठन गरिएको छ । सुनसरीस्थित इनरुवा बोडिङ्ग स्कुलमा आयोजित एक भेलाले शम्भु विश्वासको अध्यक्षमा १४ सदस्यीय सर्वसम्मत जिल्ला कमिटी गठन गरेका हुन् । जिल्ला कमिटीको उपाध्यक्षहरूमा मुकेश चेल, 

निरञ्जनकुमार मण्डल, नन्दी मण्डल, सचिवमा सुजित नुन्दी, कोषाध्यक्षमा सुमती कविरथ रहेका छन् । त्यस्तै सदस्यहरू संजित दत्त, कमल दत्त, उत्तम नुन्दी, वीरेन्द्र कविरथ, अरुण मण्डल, जयब्रत सरकार र वन्दना कविरथ रहेका छन् । जिल्ला सहसचिव पछि मनोनीत गर्ने जनाइएको छ ।

नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय उपाध्यक्ष विप्लव घोषको अध्यक्षतामा तथा गिताजंली कन्स्ट्रक्सन ओनर बंगाली समाजका अगुवा समाजसेवी सपन दासको प्रमुख आतिथ्यमा भएको भेलामा समाजका वरिष्ठ सल्लाहकार एवं पूर्व कोसी टप्पु वन्यजन्तु आरक्षण अध्यक्ष तथा नेपाल खानेपानी संस्थान पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, समाजका केन्द्रीय महासचिव दीपक कुमार भट्टाचार्य, समाजका केन्द्रीय सदस्य सुरेन्द्र कविरथ, इनरुवा बोडिङ्ग स्कुलका फाउन्डर शिशिर दत्त , समाज प्रदेश नम्बर १ का सदस्यहरू ललित मण्डल,  विन्दानन्द नुन्दी मधुकुल बङ्गाली लगायतले आआफ्नो धारण राख्दै नेपालमा पनि बंगाली आयोग गठन गर्नुपर्नेमा जोड दिएका थिए । 

सम्बन्धित समाचार