२०८३ असार २ गते , मंगलबार

आज देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
आज देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको थोरै स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशको अधिकांश भू भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना रहेको छ।

भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार