२०८३ असार २ गते , मंगलबार

थपिए २०६५ कोरोना संक्रमित, २५ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ११ गते , शुक्रबार
थपिए २०६५ कोरोना संक्रमित, २५ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय १७ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ जना पुगेको मन्त्रालयले जनाएको छ। यस अवधीमा २ हजार ३ सय ३७ जना कोरोनामुक्त भएका छन्।

काठमाडौंमा ४ सय ५४, भक्तपुरमा ९२ र ललितपुरमा १ सय ६९ गरी उपत्यकाभित्र कुल ७ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार