२०८३ असार २ गते , मंगलबार

सर्वोत्तम स्टिल उद्योगमा विस्फोट, १२ मजदुर घाइते

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
सर्वोत्तम स्टिल उद्योगमा विस्फोट, १२ मजदुर घाइते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २२ स्थित मनियारीमा रहेको सर्वोत्तम स्टिल कम्पनीमा बिहीबार दिउँसो विस्फोट भएको छ । कम्पनीको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर विस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको छ । घाइते हुनेमा अधिकांश भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिएको जनाइएको छ । 

सम्बन्धित समाचार