२०८३ असार २ गते , मंगलबार

प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ मृत फेला

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ मृत फेला
झापा । प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा मृत फेला परेका छन् ।  एमाले संसदीय दलका नेता चयन समेत भएका आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान उनी इनरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् । उनलाई मधुमेह, उच्च रक्तचाप र डिप्रेसनको पुरानै समस्या रहेको बताइएको छ। बिहान १०ः३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो। घटना लगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ। 

सम्बन्धित समाचार