२०८३ असार २ गते , मंगलबार

सुनसरीमा भदौ १४ गतेसम्म लम्बाइयो निषेधाज्ञा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ७ गते , सोमबार
सुनसरीमा भदौ १४ गतेसम्म लम्बाइयो निषेधाज्ञा

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा थप एक साताका लागी निषेधाज्ञाको समय अवधि थप गरेको छ ।  कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी  जारी निषेधाज्ञालाई बढाउनु पर्ने देखिएको तथा  डिसिसिएमसिको समेत सिफारिस रहेकोले मङ्गलवारबाट लागु हुने गरी भदौ १४ गते सम्म निषेधाज्ञाको समयावधि बढाएको कार्यालयले जनाएको छ । 

थप गरिएको समयका लागी यसअघि जारी गरेको निषेधाज्ञाको व्यवस्थालाई नै निरन्तरता दिइने भए पनि संक्रमण अझ बढ्न गएको खण्डमा उक्त आदेशमा भएको व्यवस्थाहरू कुनै पनि बेलाम पुनरावलोकन हुन सक्ने कार्यालयले जनाएको छ । निषेधाज्ञा अवज्ञा गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने समेत कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार