२०८३ असार २ गते , मंगलबार
इलाममा करेन्ट लागेर एक महिलाको मृत्यु
इलाम । इलाममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ । इलाम रोङ गाउँपालिका ६ सलकपुरकी ५० वर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्ने मेशिनमा लाइन जोड्ने क्रममा मेशिनमाथि राखेको सुइटर बेरिएपछि निकाल्ने क्रममा करेन्ट लागी तामाङ घाइते भएकी थिइन् । तामाङको उपचारको लागी लैजाने क्रममा दिउँसो ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।