२०८३ असार २ गते , मंगलबार

शिशुलाई कोखमा राखेर एकै परिवारका तीनले गरे सामूहिक आत्महत्या

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ७ गते , सोमबार
शिशुलाई कोखमा राखेर एकै परिवारका तीनले गरे सामूहिक आत्महत्या

झापा । झापामा ८ महिनाको शिशुसहित एक दम्पतीले सामूहिक आत्महत्या गरेका छन् । कोरोना संक्रमण लागेका ती परिवारले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरी कार्यालय झापाले जनाएको छ  । आत्महत्या गर्ने  कनकाई नगरपालिका १ का ४० वर्षीय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीय मुना विक र ८ महिनाकी छोरी रुविना रहेका छन् । 

मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहि दिन पहिले काठमाडौं गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

उनीहरूले एकसाथ झुन्डिएर नानीलाई समेत साथमा लिई आत्महत्या गरेका हुन । उनीहरूको मृत्युसँगै घरका सबै जनाको मृत्यु भएको छ । साउन ३१ गते गरिएको कोरोना रिर्पोटमा उनी पनि पोजेटिभ थिए ।

सम्बन्धित समाचार