२०८३ असार २ गते , मंगलबार

प्रदेश १ मा सवारी दुर्घटना : एकैदिन तीन जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ६ गते , आईतबार
प्रदेश १ मा सवारी दुर्घटना : एकैदिन तीन जनाको मृत्यु

झापा ।  शनिबार खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्लामा भएको सडक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। हिजो बेलुका साढे ८ बजे बालुवा लोड गरी आउदै गरेको ना ५ त ६६०१ नम्बरको ट्याक्टर  खोटाङ केपिलासगढी ५ स्थित भुताप्सु स्थित जङगलको भीरबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार चालकसहित तिन जना मध्ये सोही स्थानका २३ बर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ भने ट्याक्टर चालक सोही स्थानका १९ वर्षीय उमेश राई घाइते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ त्यस्तै अर्का सवार एक जना ट्याक्टरबाट हाम फाली सकुशल अबस्थामा रहेका छन्।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिला र ईलाका प्रहरी कार्यालय एसैलुखर्कबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ। यसै गरी सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका ५ स्थित दियाले स्थितमा हिजो दिउसो साढे २ बजे बा ५४ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका २ खालि का ३० वर्षीय सुमन राईको घटनास्थलमा नै मृत्यु भएको छ।

यसै गरि उदयपुर त्रियुगा नगरपालिका ३ लच्का स्थित कदमा९गाईघाट सडक खण्डमा हिजो बेलुका सवा ६ बजे गाईघाटबाट मोतिगडा तर्फ जादै गरेको प्र१००–५००१ प ३७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदाँ गम्भीर घाइते भएका चालक सोही स्थानका ३२ वर्षीय शान्तिराम राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुकै पौने ७ बजे मृत्यु भएको  उदयपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार