२०८३ असार २ गते , मंगलबार
जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग
झापा । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरूलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
बिर्तामोडका व्यवसायी तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत् शर्मा भुसालको जन्मदिनको अवसर पारेर उक्त सामाग्री वितरण गरिएको हो ।
इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्मा भुसालको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्गता समावेशी, विकास समितिका अध्यक्ष रामराज गणेशले स्वागत गरेका थिए ।
कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै शर्माले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा झापा गाउँपालिकाका-३ का अध्यक्ष मोतीलाल गणेश, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेन्ट सन्तोष अग्रवाल, पास्ट प्रेसिडेन्ट शुभ कुमाईं पाठक, प्रेसिडेन्ट नोमिनी सिद्धार्थ नवीन उप्रेती, क्लब एडमिन मनोज अग्रवाल, इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी चार्टर प्रेसिडेन्ट भूमिका पोखरेल, भाइस प्रेसिडेन्ट सम्झाना भण्डारी, आइएसओ जुनु विमली उप्रेती, सेक्रेटरी मोनिका अग्रवाल, रोट्याक क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट नीरज चौधरी, भाइस प्रेसिडेन्ट जितेश अग्रवाल, सेक्रेटरी श्रद्धा प्रसाईँ, मेम्बर निकिता ओलीलगायतले अपाङ्गता भएकाहरूलाई उक्त सामाग्री वितरण गरेका थिए । अपाङ्गता भएका १४ जना महिलालाई खाद्यान्न सामाग्रीसहित सेनेटरी प्याड, सेनिटनइजर, मास्कसमेत प्रदान गरिएको थियो ।
सरकारले जारी गरेको लकडाउनको समयमा खाद्यान्नको अभावमा कष्टकर जीवन गुजारा गर्दै आएका उनीहरूले खाद्यान्न सामाग्री पाउँदा खुसी अनुभव गरेका थिए । जन्मदिनमा नाममा गरिने फजुल खर्चलाई कटौती गरेर शर्माले मानवीय सेवाको काम गरेको बताए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेन्ट प्रशान्त भण्डारीले गरेका थिए ।