२०८३ असार २ गते , मंगलबार

पत्रकार महासंघ झापाको चौमासिक इ–बुलेटिन प्रकाशन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १ गते , मंगलबार
पत्रकार महासंघ झापाको चौमासिक इ–बुलेटिन प्रकाशन
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन सुरु गरेको छ ।
महासङ्घका गतिविधि आफ्ना सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन सुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त इ–बुलेटिनको एक कार्यक्रमकाबीच विमोचन भएको छ ।
नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिका कोषाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि बुद्धि लामिछाने ९विमल०ले इ–बुलेटिनको विमोचन गरेका हुन् ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिर्तामोडस्थित महासंघ कार्यालयमा भएको कार्यक्रममा सहभागी अतिथिले नयाँ कामको थालनी गरेकोमा प्रशंसा गरेका थिए ।
महासङ्घले वैशाखदेखि साउनसम्मका गतिविधि समेटेर पहिलोपटक ३९ पेजको इ–बुलेटिन प्रकाशन गरेको हो । तीन वर्षे कार्यकालका लागि महासङ्घको वर्तमान नेतृत्वले ०७८ वैशाख ६ गते पदभार ग्रहण गरेपछि महासङ्घको संस्थागत विकास र पत्रकारको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा महासंघ १ नं। प्रदेश समितिका सदस्य लीलाराज झापाली, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन झापाका अध्यक्ष झुलन रेग्मी, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा सिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरूले कोरोना महामारीका कारण धराशायी बनेको सञ्चार क्षेत्रको विकासका लागि अघि बढ्नुपर्ने औँल्याएका छन् । प्रमुख अतिथि लामिछानेले महासङ्घको इ–बुलेटिन दस्ताबेज भएकोले महत्त्वपूर्ण कामको सुरुवातका लागि महासङ्घप्रति धन्यवाद ज्ञापन गरे । उनले मिडियाले समावेशिताको मुद्दालाई उठाउनुपर्नेमा जोड दिएका छन् ।
लामिछानेले चाकडी पत्रकारिता बन्द गरेर खोज र व्यावसायिक पत्रकारितामा अघि बढ्न पत्रकारहरूलाई सुझाएका छन् । महासङ्घकी उपाध्यक्ष सुशीला सङ्ग्रौलाले स्वागत र सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
इ–बुलेटिनको सम्पादक मण्डलमा उपाध्यक्ष सङ्ग्रौला, सचिव लामा, सदस्यहरू स्वस्तिका आचार्य, सुनिरा मैनाली, सुष्मा राजवंशी र मनीषा चौलागाईं रहेको उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार