२०८३ असार २ गते , मंगलबार

सिटी सफारी पल्टँदा एक जनाको मृत्यु, एक घाइते

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १ गते , मंगलबार
सिटी सफारी पल्टँदा एक जनाको मृत्यु, एक घाइते
झापा । सिटी सफारी अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । सुनसरीको कोसी गाउँपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टँदा सोही स्थानका ७४ वर्षीय फरेबी यादव र वराहक्षेत्र ११ कि २३ बर्षीया सबिना माझी घाइते भएकी छन्।
घाइते मध्ये यादवको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार राती पौने १२ बजे मृत्यु भएको छ । घाइते माझीको घोपा धरानमा उपचार भइरहेको छ । सिटी र चालक कोसी गाउँपालिका २ का २० वर्षीय रञ्जित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार