२०८३ असार २ गते , मंगलबार

घिमिरेको नेतृत्वमा झापामा अनलाइन टिभी पत्रकार सङ्घ गठन

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३२ गते , सोमबार
घिमिरेको नेतृत्वमा झापामा अनलाइन टिभी पत्रकार सङ्घ गठन

झापा । झापामा अनलाइन टिभी पत्रकार सङ्घको शाखा गठन भएको छ। जिल्लामा सोमबार एक कार्यक्रमका बिच झापा शाखाको बिस्तार गरिएको हो। झापामा भएको भेलाले पत्रकार खगेन्द्र घिमिरेको नेतृत्वमा नयाँ कार्यसमितिको गठन गरेका छन् । समितिको उपाध्यक्षमा समीर सुवेदी, सचिवमा खगेन्द्र राउत, सहसचिवमा आईन्द्र लिम्बू , कोषाध्यक्षमा राजकुमार लिम्बूलाई चयन गरेको छ। साथै कार्यसमितिमा ८ जना अन्य सदस्य पनि रहेका छन् ।

 कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घ केन्द्रीय उपाध्यक्ष कुशलभ केसी र महासचिव पवन फुयाँल, कोषाध्यक्ष शोभराज बराल लगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष कुशलभ केसीले अनलाइन टिभीलाई थप व्यवस्थित र स्वनियमन गर्नुपर्ने मा जोड दिँदै पत्रकार आचार संहिता भित्र रहेर सम्पूर्ण पत्रकार साथीहरू लाई काम गर्न सुझाव समेत दिए । त्यस्तै महासचिव पवन फुयाँलले अनलाइन टिभी पत्रकार सङ्घ लाई देशव्यापी रूपमा विस्तार गरी पत्रकार हरूको दरिलो छाता सङ्गठन बनाउनुपर्ने मा जोड दिए । 

सम्बन्धित समाचार