२०८३ असार २ गते , मंगलबार

व्यवसायिक कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३२ गते , सोमबार
व्यवसायिक कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह
झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घले घर बहाल र व्यावसायिक कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह गरेको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटीको नेतृत्वको टोलीले आज बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा राजश्व परामश समितिकी प्रमुख पवित्रा महतरा प्रसाईँलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्तो आग्रह गरेको हो ।
अहिलेको अवस्थामा बैङ्क व्याज , घर भाडा तथा राजश्व बुझाउन कठिन भएको दर्साउँदै यस्तो विषम परिस्थितिमा बिर्तामोड नगरपालिकाले व्यवसाय गरेवापतको व्यावसायिक कर र घर भाडा लगाएबापत लिने गरे बहाल कर छुट गरिदिन आग्रह गरिएको हो । कोरोना भाइरसको सङ्क्रमणका कारण देशको अर्थतन्त्रको मजबुत खम्बाको रुपमा रहेको निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।


सम्बन्धित समाचार