२०८३ असार २ गते , मंगलबार
करेन्ट लागेर मजदुरको मृत्यु
सुनसरी । सुनसरीको इटहरी–१७ लबिपुरस्थित अङ्कित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० वर्षीय रामकुमार लिम्बू रहेका छन् ।
गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बूको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।