२०८३ असार २ गते , मंगलबार

भद्रपुरमा रोकिएन तस्करी, ८० हजारको प्रतिबन्धित बाबा खैनी बरामद

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३१ गते , आईतबार
भद्रपुरमा रोकिएन तस्करी, ८० हजारको प्रतिबन्धित बाबा खैनी बरामद
झापा । नेपालमा प्रतिबन्धित भारतीय सुर्ती (बाबा खैनी) तस्करीको माध्यमबाट नेपाल भित्रिरहेको छ । यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरले ८० हजार मूल्य बराबरको भारतीय सुर्ती (बाबा खैनी) बरामद गरेको छ । बिओपी भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक बिभुराज दाहालको नेतृत्वमा खटिएको टोली आइतबार बिहान ३ बजे भद्रपुर ४ स्थित महेशपुर चौकी नजिकैबाट बरामद गरेको हो ।
१०३/२ नम्बर सीमा पिलर नजिकैबाट तस्करको माध्यमबाट सुर्ती भित्रिरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले आठ बोरा बाबा खैनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।
बरामद खैनी भद्रपुरकै कारोबारीले भित्राएको हो । नेपाली बजारमा बाबा खैनीको माग बढ्दो रहेकोले कारोबारीले तस्करी माध्यमबाट खैनी भित्राइरहेका छन् । बरामद गरिएको खैनीलाई भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । सशस्त्र प्रहरीले केही दिनअघि मात्र भद्रपुरमा दुई पटक गरी करिब १० लाखको लत्ताकपडा बरामद गरेको थियो । सशस्त्र प्रहरीले पटक पटक भन्सार छलेका सरसामान बरामद गरे पनि भद्रपुरमा तस्करी गतिविधि अझै रोकिएको छैन । 


सम्बन्धित समाचार